सुनको मूल्य नयाँ रेकर्ड नजिक : कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो।

चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ। अघिल्लो १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९७५ रुपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us