काठमाडौं । महानगरपालिकाले निःशुल्क व्यावसायीक सीपमूलक तालिमको आयोजना गर्ने भएको छ ।
महानगरले सामाजिक विकास विभागद्वारा आर्थिक वर्ष २०८१/८२ को ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ योजना अन्तर्गत नि:शुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो ।
जसअन्र्तगत महानगरपालिकाले काष्ठकला, मूर्तिकला र हस्तकलासम्बन्धी तीन महिना अवधिको तालिम सञ्चालन गर्दै छ ।
न्यूनतम ८ कक्षा पास गरेका १८ देखि ४५ वर्ष उमेर समूहका नागरिकले तालिमको लागि आवेदन दिन सक्ने महानगरले जनाएको छ । इच्छुक नेपाली नागरिकले फागुन ११ गतेसम्म आवेदन दिन सकिने छ ।
आवेदन दिनेहरूमध्ये छनोटमा परेका ६० जनाले तालिममा सहभागी हुन पाउने महानगरका सामाजिक विकास विभागका विभागीय प्रमुख समीक्षा निरौलाले बताइन् ।
उनका अनुसार छनोट प्रक्रिया महानगरपालिकाको प्राथामिकता श्रेणीअनुसार हुने छ।