चिनियाँ एनिमेटेड फिल्म सबैभन्दा बढी कमाउनेको नयाँ रेकर्ड बनाउने बाटोमा

बेइजिङ । चीनमा एउटा एनिमेटेड फिल्मले अर्बौँ युआन कमाएको छ । चमत्कारी शक्ति भएको एक बालक राक्षसहरूसँग लड्ने कथा वस्तु रहेको यो फिल्म चीनको सबैभन्दा धेरै कमाउने फिल्म बन्ने बाटोमा छ ।

चिनियाँ पौराणिक पात्रमा आधारित ने झा २ ले सप्ताह लामो लुनार नयाँ वर्षको छुट्टीमा ८ अर्ब युआन (१ अर्ब १० करोड डलर) कमाएको टिकट विक्रीको ट्र्याक राख्ने माओयानले देखाएको छ ।

यसले २०२१ मा आएको फिल्म ब्याटल अफ लेक चाङजिनको रेकर्ड तोडेको छ । कोरियाली युद्धमा आधारित यो प्रोपोगान्डा फिल्मले ९० करोड डलर कमाएको थियो । ने झा २ लाई चिनियाँ फिल्ममा प्रगतिको प्रतीकको रूपमा हेरिएको छ ।

आगामी हप्तादेखि यो फिल्म क्यानडा, अमेरिका र अस्ट्रेलिया लगायत सीमापारिका बजारमा पनि प्रदर्शनमा आउँदैछन् ।

अर्को १ अर्ब डलर कमाएर फिल्मले विश्वमै सबैभन्दा धेरै कमाउने फिल्मको रुवमा २००९ मा अवतारले राखेको रेकर्ड तोड्ने आशा गर्न लागिएको छ ।

२०१९ मा आएको ने झाले ७२ करोड ५० लाख डलर कमाएको थियो । यो अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने पाँचौँ चिनियाँ फिल्म हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us