कार्यकर्ताको मन उच्च हुनेगरी गठबन्धन हुन्छ : नेता सिंह

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन मुलुकको वर्तमान आवश्यकता भएको बताउनुभएको छ । सामाखुसी यातायात प्रालिले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान, क्यालेन्डर विमोचन एवम् प्रजातान्त्रिक यातायात व्यवसायीलाई सम्मान’ कार्यक्रममा उहाँले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको हो ।

पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकको अर्थतन्त्रमा यातायात व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यातायात व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले प्रजातान्त्रिक यातायात व्यवसायीले पार्टीको शुभेच्छुक संस्थाका रुपमा राखेको माग सम्बोधन गर्न आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 “वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ, कार्यकर्ताको मन उच्च हुनेगरी गठबन्धन हुन्छ”, उहाँले भन्नुभयो। निर्वाचन केन्द्रित भएर लाग्न नेता सिंहले सबैलाई आग्रहसमेत गर्नुभयो ।

कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले आगामी हुन लागेको स्थानीय तहको निर्वाचनमा सङ्गठनको भावनालाई केन्द्रमा राखेर गठबन्धन गरिने बताउनुभयो । उहाँले राजनीतिक मुद्दा सम्पन्न भएको भन्दै अब विकास केन्द्रित अभियानमा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us