काठमाडौँको चाबहिलमा २२ वर्षीय युवकको हत्या, ३ जना पक्राउ

काठमाडौं । काठमाडौँको चाबहिलस्थित कुमारीगालमा एक युवकको हत्या भएको छ । आज (सोमबार) बिहान दुई समूहबीच झगडा हुँदा काभ्रे घर भएका २२ वर्षीय अमृत कार्कीले ज्यान गुमाएका हुन् ।

छुरा हानेर उनको हत्या गरिएको प्रहरी वृत्त गौशालाले जनाएको छ। हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us