निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह पुनः निर्वाचित

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह पुनः निर्वाचित भएका छन् ।

सोमवार बिहान सार्वजनिक मतगणना अनुसार सिंह नयाँ कार्यकालका लागि पुन: अध्यक्षमा चुनिएका हुन् । उनले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत ल्याएका छन् । महासंघको अध्यक्षका लागि ३ जना प्रतिस्पर्धामा थिए । सिंहका साथै, पुरानो कार्यसमितिका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र हुमनाथ कोइराला प्रतिस्पर्धामा थिए ।

निर्वाचनमा सिंहले ७ सय ६५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी निकोलस पाण्डेले ३ सय ३७ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी हुमनाथ कोइरालाले ३२ मत मात्रै ल्याए । त्यस्तै, वरिष्ठ उपाध्यक्ष र महासचिव समेत सिंह प्यानलबाट चुनिएका छन् । वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा तथा महासचिवमा रोशन दाहाल निर्वाचित भएका हुन् । लामाले ५ सय ६३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी धिरेन्देर दाहालले २ सय ८९ मत प्राप्त गरे । महासचिवमा रोशन दाहालले ७ सय १९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी वासुदेव उप्रेतीले १ सय ७२ मत मात्रै ल्याए ।

प्रदेश १ उपाध्यक्षमा मोहनप्रकाश अधिकारी, मधेश प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेश उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाश बहादुर सेठी विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us