काठमाडौं । सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । सरकारको विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको हो ।
यसमा अत्यावश्यक सवारी साधन, स्थानीय निर्वाचनमा खटिने साधन र शान्ति सुरक्षामा खटिने सवारी साधनको हकमा लागू नहुने मन्त्रालयले जनाएको छ । सरकारले यो निर्णय असार मसान्तसम्म लागू गर्नेछ ।
सरकारको यो निर्णय असार मसान्तसम्म लागू हुने बताएको छ । इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत खर्च कटौती गर्नुपर्ने अर्थमन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।