एमाले सांसदलाई उन्मुक्ति दिएपछि बालेनको प्रतिक्रिया- नआत्तिनु, समय आउनेछ

काठमाडौं । महानगरपालिकाका मेयर बालेन साहले नाबालिकालाई घरेलु कामदार बनाएको आरोप लागेकी एमाले सांसदलाई उन्मुक्ति दिने सरकारी वकिलको निर्णयप्रति आक्रोश पोखेका छन्।

मंगलबार साहले फेसबुकमार्फत आक्रोश पोखेका हुन्। उनले बालिकासँग माफी माग्दै उनले यस्ता अपराधीहरूलाई तह लगाउने दिन छिट्टै आउँने आश्वासन दिएका छन्।

बालेनले भनेका छन्, ‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनु। समय आउँनेछ। यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ। समाज बुझ्न पर्छ।’

शर्माले काठमाडौंमै एकजना बालिकालाई ८ वर्षदेखि बन्दी बनाएर घरेलु कामदारका रुपमा हिंसा गर्दै आएको महानगरले फेला पारेको थियो। र, बालिकाको उद्दारसहित कारबाहीका लागि सरकारलाई आग्रह गरेको थियो।https://www.facebook.com/share/p/158JZEpSKh/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us