काठमाडौं । यसवर्षको हिटमध्येको फिल्म घरज्वाईंको निर्माण समूहले वसन्त पञ्चमीको अवसर पारेर जनक घर्ती मगरको लगानी र अनिल बुढा मगरको निर्देशनमा मितज्यू नामक फिल्म निर्माणको घोषणा गरेको छ।
पेन्टिङ थिम पोस्टरमा दुई पात्रलाई एक सामान बोकन भ्यान अगाडी हातको पञ्जा जुधाई रहेको अवस्थामा प्रस्तुत गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो।
फिल्म २०८२ को चैत्र २७ गतेबाट प्रदर्शनमा आउने घोषणासमेत गरिएको छ। रिलीजको ५१औं दिन मनाउन सफल घरज्वाइको निर्माण समूहले निर्माण गर्ने फिल्म जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा बनाउन लागिएको हो। फिल्ममा महेश राईको लेखन रहनेछ भने अन्य कलाकार र प्राविधिक चयन हुन बाँकी छ।