युकेमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्समा भूपेन्द्रले जिते दोहोरो स्वर्ण

काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले आईएमएसी खुला प्रतियोगितामा २ स्वर्ण पदक जितेका छन् । इन्टरनेसनल मार्सल आर्ट्स कोर्पोरेसन (आईएमएसी) मुख्यालयद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले २ फरक स्पर्धामा स्वर्ण जितेका हुन् ।

भूपेन्द्रले युकेमा भएको प्रतियोगिताको नान् छ्वान र ताइची स्पर्धामा स्वर्ण जिते । उनले नान् छ्वानमा २७.३ तथा ताइचीमा २७ अंक जोडे । दुवै स्पर्धा ३० पूर्णाङ्कको थियो ।

तीन महिनाको अवधिमा भूपेन्द्रले जितेको यो आठौं पदक हो । यसअघि अमेरिकाको विभिन्न शहरमा भएका ३ प्रतियोगितामा भूपेन्द्रले ६ पदक जितेका थिए ।

व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा २ स्वर्ण, १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा २ रजत र छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us