सानिमा बैंकद्वारा कालिकोटका विद्यार्थीलाई न्यानो लुगा वितरण

काठमाडौं । सानिमा बैंकले कालिकोट स्थित खाँडाचक्र नगरपालिका- १ कोइरेलगाउँ स्थित श्रीचिनारी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ।

विद्यालय पुगेर मान्म शाखाका कर्मचारीले विद्यार्थीलाई लुगा हस्तान्तरण गरेका हुन्। चिसो मौसमका पठनपाठनमा असर परेको देखेकाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले जानकारी दिए।

बैंकले भविष्यमा पनि समाजमा सकारात्मक सन्देश प्रवाह हुने किसिमका कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।

सानिमा बैंकको सातै प्रदेशमा सानिमा बैंकको १३४ वटा कार्यालय र १२५ वटा एटीएम सञ्चालनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us