गर्मीमा लौकाको सेवन निकै फाइदाजनक

काठमाडौं । गर्मी मौसममा लौकाको सेवन निकै फाइदाजनक हुन्छ । लौकामा धेरै प्रकारका औषधीय गुणहरू पाइन्छ, जसले गम्भीर रोगबाट बचाउन मद्दत गर्दछ ।

लौकाले चर्को घाममा पनि शरीर चिसो बनाइराख्न सहयोग पुर्याउँछ । लौका खाँदा तनाव पनि कम हुन्छ । त्यसैले लौकाका धेरै गुण र फाइदाबारे जानीराखौं । लौकाको दैनिक सेवनले तनाव कम गर्न मद्दत गर्छ । लौकाले दिमागलाई शान्त पार्ने काम गर्छ । साथै यसमा पाइने पानीको मात्राले शरीरमा शीतलता ल्याउँछ । लौकामा पाइने फाइबरले बोसो नियन्त्रण गर्ने भएकाले तौल घटाउन पनि सहयोग गर्छ । यसको सेवनले भोक पनि कम लाग्छ । लौकामा आइरन, भिटामिन र पोटासियम प्रचुर मात्रामा पाइन्छ । मुटु रोगको जोखिम कम गर्छ । हप्तामा दुई(तीन पटक लौकाको जुस पिउनाले मुटुलाई स्वस्थ राख्छ र रक्तचाप पनि नियन्त्रण गर्छ । लौका निद्रासम्बन्धी धेरै समस्याको उपचारमा पनि प्रभावकारी साबित हुन सक्छ । तसर्थ, यदि तपाईलाई पनि निन्द्रा लाग्दैन भने लौकाको जुस अवश्य खानुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us