अमेरिकाले २३ दिनमा २० नेपालीलाई डिपोर्ट गर्यो

वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा फर्किएपछि अवैध आप्रवासीहरूलाई स्वदेश फर्काउने नीति कडाइका साथ लागू गरेका छन्। पछिल्लो २३ दिनको अवधिमा २० नेपालीलाई डिपोर्ट गरिएको छ।

राष्ट्रपति ट्रम्पले जनवरी २० (माघ ७) मा सत्ता सम्हालेकै दिन अवैध आप्रवासीलाई स्वदेश फिर्ता गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। सोही आदेशअनुसार, जनवरी २० देखि फेब्रुअरी ११ सम्म १ महिला र १९ पुरुष गरी २० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार, अमेरिकाको अध्यागमन निकाय (ICE) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, १,३६५ जना नेपाली अवैध रूपमा अमेरिका बसिरहेको विवरण सार्वजनिक भएको छ।

राष्ट्रपति ट्रम्पको कडारूपमा अघि बढेको अध्यागमन नीतिले नेपाली आप्रवासीहरूमा चिन्ता बढाएको छ। अमेरिकी अध्यागमनको कडाइका कारण अवैध रूपमा बसिरहेका अन्य नेपालीहरूमाथि पनि कारबाहीको सम्भावना रहेको विज्ञहरू बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us