मेलम्ची खानेपानीको मुख्य पाइप फुट्यो, बबरमहल जलमग्न

काठमाडौँ। काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेर जलमग्न भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेपछि जलमग्न भएको हो। पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् ।

वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ । अदालतको पहिलो तलानै डुबाएको छ। डुबानको कारण अदालतको सेवा प्रभावित भएको छ।

पाइप फुटेर सडक जलमग्न हुँदा सवारी आवागमन प्रभावित भएको छ। अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us