शंखरापुर स्कुल बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

साँखु आउँदै गरेको बा२ख ७९५८ नम्बरको सुन्दरीमाई यातायात चावहिल स्थित एसएस एकेडेमीको रिजर्भ आएको बस बे्रक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा १२ वर्षीय आदित्य सुनार, १४ वर्षीय धिरज साउद, १३ वर्षीय सन्देश गिरी र सुसांक डोटेल रहेका छन् भने दुई जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । उनीहरुमध्ये चार जनाको शंखरापुर अस्पताल र अरु दुई जनाको नेपाल मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us