काठमाडाैं | नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार ३०० ले बढेको हो ।बुधबार प्रतितोला एक लाख ६७ हजार ५०० मा कारोबार भएको सुन आज एक लाख ६९ हजार ८०० कायम भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासंका अनुसार आज चाँदी पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ६५ निर्धारण गरिएको छ ।