सुनकाे मूल्य प्रतितोला एक लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज शुक्राबार सुनकाे मूल्य ताेलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ ।

यसअघि, बिहीबार छापावाल सुनको भाउ तोलामा २३ सय रुपैयाँले बढेर १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १९ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १९ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us