बझाङमा भूकम्पको धक्का महशुस

काठमाडौं । बझाङमा भूकम्प गएको छ । मंगलवार बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिनुभयो । 

जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको उहाँले बताउनुभयो ।  भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्लासम्म महसुस गरिएको थियो । यसबारेमा पूर्ण विवरण आउन बाँकी छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us