परराष्ट्रमन्त्री राणा ओमान जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज ओमान भ्रमणमा जाँदैछिन्। चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राणा ओमानको मस्कट जान लागेको मन्त्रालयले जानकारी दिएको छ।

उनी फेब्रुअरी १४ देखि २० सम्म ओमानमा आयोजना हुने ९ औं हिन्द महासागर सम्मेलनमा सहभागी हुन लागेकी हुन्।

यस वर्षको सम्मेलन समुद्री साझेदारीका लागि नयाँ यात्रा’ विषयमा केन्द्रिन हुने बताइएको छ।

मन्त्री देउवा ओमानका परराष्ट्रमन्त्री सय्यद बादर बिन हमद बिन हमुद अल बुसेइदीको निमन्त्रणामा सम्मेलनमा भाग लिन जान लागेकी हुन्।

भ्रमणका क्रममा, मन्त्री देउवाले ‘ग्लोबल साउथको आवाज प्रवर्द्धन’ शीर्षकको सत्रमा सम्बोधन गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उनले ओमानका परराष्ट्रमन्त्री, ऊर्जामन्त्री, खनिज मन्त्री तथा अन्य सम्बन्धित मन्त्रालयका पदाधिकारीहरूसँग भेटवार्ता गर्नेछिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us