प्रधानमन्त्री निवास सत्ता साझेदार दलहरुको बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । अध्यादेशका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक अहिले बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा अध्यादेशसँगै संविधान संशोधनका विषयमा पनि छलफल हुनेछ ।

संविधान संशोधनका लागि कार्यदल बनाउने, संविधान संशोधनको लागि बन्ने कार्यदलले प्रदेश र जिल्लामा अन्तक्र्रिया गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

सरकारले ल्याएका ६ अध्यादेश संसदमा अघि बढ्न सकेका छैनन् । सत्तापक्षकै केही दल भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिएपछि सरकार अप्ठ्यारोमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us