काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले व्रह्मलुट मच्चाउनकालागि अध्यादेश ल्याएको बताउनु भएको छ ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले दुई तिहाई बहुमत पाएको बेलामा भूमिसुधार गर्न सकिने आधारहरू रहेपनि त्यसतर्फ जान नसकेको बताउनुभयो ।
उहाँले वैज्ञानिक भूमि सुधार गर्नुपर्नेमा सरकारले अहिले व्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको जिकिर गर्नभयो । उहाँले कृषि क्रान्ति गर्दै कृषिलाई आधुनिकीकरणतर्फ लैजान जरुरी रहेको बताउनुभयो ।
सम्मानित नेता खनालले भ्रष्टाचार अन्त्य गरी भ्रष्टाचार गर्नै नपर्ने र गर्नै मन नलाग्ने किसिमको समाजवाद निर्माण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले समाजका विकार र विकृतिहरू हटाउँदै जानुपर्ने बताउनुभयो ।
उहाँले नेपाली भू–भाग विदेशीको कब्जामा रहेको र त्यसलाई फिर्ता ल्याउने कुनै पहल हुन नसकेको बताउनुभयो । समाजवादको जामा लगाउनेहरू समाजमा धेरै रहेको बताउँदै नाम मात्रैको समाजवादीले समाजवादमा नपुगिने समेत बताउनु भएको छ ।