सत्ता गठबन्धनको बैठक मंगलवार पुनः बस्दै

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक मंगलवार पुनः बस्दैछ । सोमबार बसेको बैठकमा दलहरुले स्थानीय तह निर्वाचनको तालमेलका सम्बन्धमा सहमति नजिक पुगे पनि ठोस निष्कर्ष भने निकाल्न सकेनन् । 

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन तयारी, चुनावी तालमेल लगायतका विषयमा गठबन्धनका दलहरु सहमति नजिक पुगेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। 

सोमवारको बंठकमा महानगरपालिका, उपमहानगरपालिका लगायत समग्रमा छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी लगायत सत्ता साझेदार दलका शीर्ष नेताको उपस्थिति रहेको थियो।

तालमेलको कुरामा दलहरुबीच गम्भीरताका साथ छलफल भएको बताउदै उहाँले केही विषयमा सहमति समेत भएको जानकारी दिनुभयो । सञ्चारमन्त्री कार्कीले मंगलबार बिहान पुनः साढे ११ बजे बस्ने बैठकले सहमतिलाई अन्तिम रुप दिने बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us