सिन्धुलीको कमलामाई नगरसभा सदस्य माझीको निधन, नगरपालिकामा सार्वजनिक विदा

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले आज शोक बिदा दिएको छ ।

कमलामाई नगरपालिकाका नगरसभा सदस्य वडा नम्बर १ कुण्ड निवासी केशव बहादुर माझीको निधनमा शोक विदा दिएको हो । नगरसभा सदस्य माझीको आज विहान निधन भएको हो ।

स्वर्गीय माझीको निधनमा शोक मनाउन नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको आदेश अनुसार आज एक दिन कमलामाई नगरपालिका तथा मातहतका कार्यालयहरू एवं शैक्षिक संस्थाहरू सबै बन्द रहने निमित्त प्रमुख प्रशासकीय अधिकृत सागर कुमार ढकालले सुचना जारी गरि जानकारी गर्नुभएको छ ।

नगरपालिकाले समवेदना प्रकट गरि स्वार्गीय माझीको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा शोकलाई समन गर्न सक्ने शक्ति मिलोस भन्ने प्रार्थना समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us