प्रतिनिधिसभा बैठकमा आज बस्दै : यस्तो छ कार्यसुची

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो अपरान्ह १ बजे बस्नेगरी बैठक बोलाइएको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक प्रतिवेदन (आ.व. २०७९/८०) र सातौं वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१) पेश गर्ने संभावित कार्यसूची छ।

यसैगरी बैठकमा सभामुखले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक,२०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रधानमन्त्री ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस्’भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यसैगरी श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरु (महासन्धि,प्रोटोकल र सिफारिस सम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us