काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको आज भनिएको समानान्तर कमिटी घोषणा कार्यक्रम स्थगित भएको छ । हालै पार्टीले जारी गरेको अपानीमा अनेरास्ववियू र युवासँग नेपालका अध्यक्षहरुलाई पार्टीले अन्यायपुर्ण तरिकाले हटाइएको भन्दै असन्तुष्ट पक्षले गर्ने तयारी गरेको कार्यक्रम खनालले तत्काललाई स्थगित गर्न लगाउनु भएको हो ।
ए वान पार्टी प्यालेस बानेश्वरमा अनेरास्ववियूका १५० भन्दाबढी कार्यकर्ता जम्मा भएर गरिएको तयारी सम्मानित नेता खनाल र बिद्यार्थी र युवासंघका नेता कार्यकर्ताबीचको अनौपचारिक छलफलबाट स्थगित गरिएको थियो ।
हाल अध्यक्ष रहेका विद्यार्थी र युवाहरुले सम्मेलनको मिति तोकेर सम्मेलनबाट मात्र बिदा हुने बताई रहँदा, त्यसो हुन नसके पूर्ण कमिटीको मिटिङ बसेर मात्र नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्ने माग गरेका थिए । तर,पार्टीले निर्ममतापूर्वक पार्टी अपानीबाटै ठाडो रूपमा हटाएको कारण उनीहरु रुष्ट हुँदै विद्रोहको अवस्थासम्म पुगेको बताएका छन् ।
खनाल पुग्नुभन्दा अगाडि व्यापक तयारी सहित ब्यानर समेत राखेर कार्यक्रम गर्ने भनिएतापनि खनाल आउने बित्तिकै गरिएको अनौपचारिक भेटघाट कार्यक्रममा खनालले भन्नुभयो “भोलिबाट पार्टीको पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बसिरहेको छ । यो तपाईँहरूलाई पार्टीले गरेको अन्यायको विरुद्ध म पार्टीको सबै कमिटीमा सतिसाल झैँ तपाईंहरूको पक्षमा उभिनेछु, पार्टी कमिटीमा सशक्त रूपले तपाईंहरूको भावना अनुरुप र तपाईँहरूलाई भएको अन्यायको विरुद्धमा म लड्नेछु । पार्टीको बैठकमा तपाईंहरू माथि भएको अन्यायको सशक्त ढङ्गले म विरोध गर्नेछु, कुरा उठाउनेछु, हामीले पहिले अन्याय हुदाँ असन्तुष्टी राख्ने ठाउ पार्टी कमिटी हो, त्यहि लडौला भएन भने त्यसपछि सौचौंला र कदम चालौंला, मलाई बिश्वास छ पार्टी कमिटीका केहि ब्यक्तिले गरेको यो अन्यायलाई पार्टीको मिटिङले सच्याउने छ ” खनालले भन्नुभयो ।

आजको लागि तय गरिएको कमिटी घोषणा कार्यक्रम हामीले स्थगित गरियो र विद्यार्थीहरूसँगको अन्तरक्रिया कार्यक्रम मात्र गरियो। मिलन राईले भने ।
आजका भेलाका सहभागी बिधार्थीहरुले हालै मात्र विद्यार्थी इन्चार्ज रामकुमारी झाँक्रीले दुबै पक्षका बिधार्थी नेताहरुसँग सल्लाह नै नगरी एक पक्षिय रुपमा एकलौटी ढंगले पार्टीको अध्यक्ष, उपाध्यक्ष र महासचिव घोषणा गरेकी आरोप लागाएका छन । त्यस कार्यको बिरोध गर्दै एकलौटी रुपमा अनेरास्ववियू घोषणा गरिएको भन्दै अनेरास्ववियू अध्यक्ष आरती लामा सहितले विरोध र असन्तुष्टी ब्यक्त गर्दै आएका थिए ।
बिद्यार्थीहरुले अब बस्ने पार्टीको पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटीबाट यो एकल काटे अन्यायपूर्ण रूपमा भएको निर्णय सच्चाइएन भने एक हप्तापछि राष्ट्रिय कार्यकर्ता भेलाद्वारा कमिटी घोषणाको चेतावनी समेत समेत दिएका छन् ।
उक्त कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा अनेरास्ववियूको निवर्तमान अध्यक्ष आरती लामा, केन्द्रिय सदस्य तथा युवा संघ नेपाल निवर्तमान अध्यक्ष कृष्ण विश्वकर्मा, केन्द्रिय सदस्य रामेश्वर श्रेष्ठ, केन्द्रिय सदस्य केशरी रेग्मी, अनेरास्ववियू कार्यालय सदस्य मिलन राई, अनेरास्ववियू कार्यालय सदस्य नरेश न्यौपाने अनेरास्ववियू कार्यालय सदस्य,टेकेन्द्र मल्ल अनेरास्ववियू लुम्बिनी प्रदेश अध्यक्ष तथा निवर्तमान सचिव प्रदिप थापा,अनेरास्ववियू उपत्यका प्रदेश अध्यक्ष तथा निवर्तमान सचीव प्रकाश श्रेष्ठ, कार्यालय सदस्य तथा निवर्तमान सचीव सुमन कार्की लगायत १५० बढी बिधार्थीको उपस्थिति थियो ।