ललितपुर । ललितपुरको बज्रबाराही जंगलमा आगो लागेको छ । चापागाउँस्थित बज्रबाराही मन्दिरको माथिल्लो क्षेत्रमा आगो फैलिएपछि सो क्षेत्रमा दमकल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।
आगो मन्दिरतर्फ फैलिनसक्ने हुनाले सो क्षेत्रमा दमकल सहित सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो । आगलागीको कारण थाहा हुन सकेको छैन ।