उपत्यकाव्यापी ट्रेडिसनल कुङ्ग फु प्रतियोगिता सम्पन्न

काठमाडौं । चन्द्रागिरि–३, थानकोटमा आयोजित पहिलो उपत्यकाव्यापी ट्रेडिसनल कुङ्ग फु प्रतियोगिता सम्पन्न भएको छ।

नेपाल ट्रेडिसनल कुङ्ग फु सोसाइटीको आयोजनामा सम्पन्न प्रतियोगितामा उपत्यकाका विभिन्न क्लब, विद्यालय तथा जिल्लाबाट करिब २ सय खेलाडीको सहभागिता रहेको थियो ।

नेपाल ट्रेडिसनल कुङ्ग फु सोसाइटीको आयोजनामा शुक्रबारदेखि सुरु भएको दुई दिनसम्म प्रतियोगितामा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

समापन समारोहमा सोसाइटीका अध्यक्ष एवं प्रमुख प्रशिक्षक चन्द्रप्रसाद महर्जनले कुङ्ग फु मार्फत शारीरिक तथा मानसिक सुदृढता अभिवृद्धि गर्ने लक्ष्य रहेको बताए। उनले अनुशासन र स्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकता दिँदै कुङ्ग फुलाई देशभर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतियोगितामा ३२ स्वर्ण, ३२ रजत, र ४५ कांस्य पदकका लागि रोमाञ्चक प्रतिस्पर्धा देखिएको थियो। पदक तालिकामा दक्षिणकाली ट्रेडिसनल कुङ्ग फु शाखाले शीर्ष स्थान हासिल गर्दा थानकोट ट्रेडिसनल कुङ्ग फु शाखा दोस्रो स्थानमा रह्यो। मंगलोदय स्कूल तेस्रो स्थानमा सीमित भयो।

विजयी खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गर्दै आयोजकले आगामी दिनमा अझ वृहत प्रतियोगिता आयोजना गर्ने योजना रहेको जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us