विदेशमा अध्ययनरत विद्यार्थीहरुको सम्मान र सुरक्षाको ग्यारेण्टी गर : झलनाथ खनाल

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा( एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भारतको उडिसा स्थित केआईआईटी मा अध्यानरत नेपाली छात्राको शंकास्पद अवस्थामा मृत्यु भएको भन्दै दु:ख व्यक्त गर्नुभएको छ । खनालले सो घट्नाको छानबिन गरि यथासिघ्र दोषी माथि कार्वाहीकालागी पहल गर्न सरकारसंग माग समेत गर्नुभएको छ ।
नेता खनालले सामाजिक संजाल फेसबुकमा भारतका थुप्रै शैक्षिक संस्थाहरुमा नेपाली बिद्यार्थी पढ्ने भएपनि उनिहरुमाथि ज्यादती हुने गरेको बताउनुभयो । उहाँले भारत लगायत विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सम्मान र सुरक्षाको ग्यारेण्टी गर्न सरकारको ध्यानाकर्षण गराउदैं ,नेपाली  विद्यार्थीहरुको आत्म सम्मान, सुरक्षा र शैक्षिक उनन्नयनको सुनिश्चितता गर्न नेपाल सरकारसँग जोडदार माग समेत गर्नुभएको छ ।
यस्तो छ नेता खनालको स्टाटस् :
‘भारतको उडिसा स्थित किट (KIIT) विश्व विद्यालयको छात्रावासमा वि. टेक मा अध्ययरत नेपालको रुपन्देही घर भएकी छात्रा प्रकृति लम्सालको वडो शंकास्पद अवस्थामा भएको मृत्युको खबरले हामी नेपालीहरु स्तब्ध भएका छौं । यस दुःखद घडीमा उक्त दिबंगत छात्रा प्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र वहाँका शोकसन्तब्ध परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछु ।
उक्त घटना घट्ने बित्तिकै नेपाली विद्यार्थीहरुले उक्त घटनाको छानबिन गर्न माग गरे । विश्व विद्यालय प्रशासनले अटेर गर्न थाले पछि विद्यार्थीहरुले विरोध प्रर्दशन गरे । तर त्यति गर्दैमा छानबिन गर्नु त कता हो कता न्यायको माग गर्ने विद्यार्थीहरु प्रति दमनका हदकण्डा अपनाईयो, होस्टेलबाट निष्कासन गरियो, उनीहरुलाई कुटपिट र हप्कीदप्की समेत गरेर रेल स्टेसन र बस स्टेसनमा लगेर लखेट्न थालियो । त्यो अत्याचार भए पछि निकै ठुलो संख्याका विद्यार्थीहरु नेपाल फर्केका छन् । पछि चर्को विरोध भए पछि त सरकारी तहबाट समेत हस्तक्षेप भएपछि विश्वविद्यालय प्रशासन पछि हट्न बाध्य भएको छ र विद्यार्थीहरुलाई होस्टेलमा फर्काउन बाध्य भएको छ । तर त्यो रहस्यमय हत्याको छानबीन हुन बाँकी नै छ ।
हामीलाई थाहा छ, भारतका कतिपय विश्वविद्यालय र होस्टेलहरुमा विभिन्न प्रकारका र्याकिङहरु हुने गर्छन, छात्र छात्राहरुलाई यातना दिने गर्छन, त्यस क्रममा कतिपयले आत्महत्या समेत गरेका छन् । संभवतः यो घटना किट विश्वविद्यालयमा पनि दोहोरिएको हुन सक्छ । यस्तो अवस्थामा नेपाल र भारत दुबै देशका सरकारहरुले पहल र समझदारीमा उक्त घटना र विश्व विद्यालय प्रशासनको ज्यादति समेतको गहिरो अनुसन्धान गरिनुपर्छ, दोषीलाई कडा भन्दा कडा कार्यवाही गर्नुपर्छ, त्यस्ता घटना  दोहोरिन नदिन सबै प्रकारका बार बंदेजहरु लगाईनुपर्छ र नेपाली विद्यार्थीहरुको सुरक्षा र सम्मानको ग्यारेण्टी गरिनुपर्छ । त्यसका निम्ति सबै स्तरबाट कुटनीतिक पहल गर्न र नेपाली  विद्यार्थीहरुको आत्म सम्मान, सुरक्षा र शैक्षिक उनन्नयनको सुनिश्चितता गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us