काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा गौरवशाली पार्टीबीच आज एकता हुने भएको छ । बृहत पार्टी एकता कार्यक्रम आजका लागि राखिएको छ । एकता कार्यक्रम राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार मध्यान्ह १२ बजे हुनेछ ।
कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव डा. वेदुराम भुसालसहित गौरवशाली पार्टीका अध्यक्ष भविशोर पराजुली लगायत पार्टीका सचिवालय सदस्यहरुको सहभागिता रहने जनाइएको छ ।