लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाडौं । लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेका हुन्।

गत पुस १६ गते शुरु भएको अधिवेशनमा ११ पटक बैठक भएको थियो। प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरका अनुसार अधिवेशनबाट लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित भएको छ।

यसअघि प्रदेश प्रमुखले प्रमाणीकरण नगरी फिर्ता पठाएका प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका शर्तसम्बन्धी विधेयक अधिवेशनबाट पारित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us