गुल्मीमा दुई हप्तादेखि सरकारी मोटरसाइकल बेवारिसे, स्थानीय प्रशासन मौन

गुल्मी — गुल्मीको मालिका गाउँपालिकामा प्रयोग भइरहेको सरकारी नम्बर प्लेटको मोटरसाइकल करिब दुई हप्तादेखि सडकमा बेवारिसे अवस्थामा रहेको छ।

लु १ ब ८७७ नम्बरको उक्त मोटरसाइकल वडा नम्बर १ नेटा वडा कार्यालयका सहायक सुनिल थापाले प्रयोग गर्दै आएका थिए। उनले माघ २४ गतेदेखि उक्त मोटरसाइकल सडक छेउमै छोडेर हिँडेका थिए, जसका कारण यो सार्वजनिक चासोको विषय बनेको छ।

थापाका अनुसार मोटरसाइकल घरदेखि वडा कार्यालय जाने क्रममा बिग्रिएकाले सडक किनारमै छोड्नुपरेको हो। तर, लामो समयसम्म यसलाई उठाउने प्रयास नगर्दा स्थानीयले सरकारी सम्पत्तिको उचित व्यवस्थापनबारे प्रश्न उठाएका छन्।

स्थानीयले सम्बन्धित निकायलाई जानकारी गराए पनि अहिलेसम्म कुनै पहल नभएको बताइएको छ। यस विषयमा गाउँपालिका प्रशासन र वडा कार्यालयले कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्।

सरकारी सम्पत्तिको जथाभावी प्रयोग र लापरवाहीको आरोप लागिरहेका बेला प्रशासनले यसबारे आवश्यक कदम चाल्नेछ कि भन्ने प्रश्न उठिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us