बालबालिकालाई पढाई संगैं सृजनात्मक काममा सहभागि बनाउनुपर्छ : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन् । बुधबार काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने उल्लेख गर्दै पढाई बाहेकका सृजनात्कमक कार्यक्रममा समेत सहभागिता बढाउनुपर्ने बताए । चित्रकलाले विद्यार्थीको लिडरसिप क्षमताको विकास गर्नेमा समेत सहयोग पु¥याउने बताए । महानगरका प्रथम मेयर प्रेमलाल सिंहबारे विद्यार्थीहरुलाई सिकाउन जरुरी रहेको समेत बताए । प्रथम मेयर सिंहले काठमाडौं महानगरमा विकासको ढोका खोल्ने काम गरेको उल्लेख गरे ।

‘काठमाडौं महानगरपालिकाका प्रथम मेयर प्रेमलाल (पिएल) सिंहज्यु एकदमै भिजिनरी हुनुहुन्थ्यो । उहाँको बारेमा स्कुलका नानिबाबुहरुलाई पनि सिकाउन पाइयो भने भोलिको दिनमा उहाँहरुलाई पनि एउटा प्रेरणा हुन्छ,’ उनले भने ।

महानगरले विद्यार्थीलाई सिर्जनात्कम क्रियाकलापमा सहभागि गराउन विभिन्न शैक्षिक कार्यक्रमहरु गर्दै आएको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us