प्रकृति लम्सालको राति नै स्वर्गद्वारीघाटमा गरियो अन्त्येष्टि

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को होस्टलमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको अन्तिम संस्कार गरिएको छ ।

हिजो साँझ भारतको ओडिसाबाट भैरहवा ल्याइएकी लम्सालको राति नै स्थानिय स्वर्गद्वारीघाटमा दाहसस्कार गरिएको हो ।

लम्सालको शवलाई केहि समय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पतालको शव गृह (मर्चरी)मा राखिएको थियो । लम्सालका बुवा सुनिल आएपछि अस्पतालबाट घर ल्याएर केहि समय राखेर मध्यराति नै अन्तिम सस्कार गरिएको हो ।

लम्सालको अन्तिम संस्कारमा भैरहवावासीको ठुलो संख्यामा उपस्थिती रहेको थियो । केआइआइटीमा स्नातक अन्तिम बर्षमा अध्ययनरत भैरहवाकी २१ बर्षिय लम्साल आइतबार होस्टलमै मृत भेटिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us