पाँच वर्षमा अध्ययनका लागि विदेशिने रकम पाँच गुणाले वृद्धि

काठमाडौं- अध्ययनका लागि बाहिरिने विद्यार्थीको संख्या बढ्दा देशबाट बाहिरिने रकम पनि डरलाग्दोरुपमा बढेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार विदेश अध्ययनका लागि बाहिरिने रकम पाँच वर्षमा झन्डै पाँच गुणाले बढेको छ।

आर्थिक वर्ष २०७७/०८८ मा विदेश अध्ययनका लागि २५ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बाहिरिएका यो वर्ष ६ महिनामै त्यसको दोब्बरभन्दा धेरै विदेशिएको छ। यो आर्थिक वर्ष पुससम्म विद्यार्थीहरुले ५६ अर्ब ८२ करोड रुपैयाँ लगेका छन्।

विद्यार्थीहरुले गत आर्थिक वार्षिक १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा लगेको तथ्यांक छ।

त्यसो त नेपाली विद्यार्थी विदेशिएजस्तै विदेशीहरु पनि अध्ययनका लागि नेपाल आउने गरेका छन्। भारत लगायत केही मुलुकका विद्यार्थी खासगरी चिकित्सा शिक्षा अध्ययनका लागि नेपाल आउने गरेका हुन्।

उनीहरुबाट यो वर्ष ६ महिनामा २ अर्ब ६८ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा भित्रिएको छ। पोहोर विदेशी विद्यार्थीबाट नेपालमा ६ अर्ब १ करोड रुपैयाँ बराबर भित्रिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us