काठमाडौं । पत्रकारहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनको मौन अवधि सुरु भएदेखि नसकिँदासम्म मदिराजन्य पदार्थको बिक्री वितरणमा बन्देज लगाउन प्रराजनीतिक दलबीच प्रस्ताव गरेको बताउनु भएको छ ।
‘मौन अवधि भनेको सबैजना चुप लागौं भन्ने हो तर हामीकहाँ मौन अवधिमै सबैभन्दा धेरै चलखेल भएको पाइन्छ’, प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘त्यस्तो चलखेलमा मदिरा मुख्य कारक हो भन्ने लागेर मौन अवधिका बेला देशभर मदिरा बिक्री वितरण नगर्न–नगराउन हामीले प्रस्ताव गरेका छौं ।’
निर्वाचनमा मौन अवधि मतदान सकिनुपूर्वको ४८ घण्टा हुन्छ । थपलियाको अनुसार मौन अवधिमा – ४८ घण्टाको मदिराको स्वादभन्दा लोकतन्त्र र जनमतको स्वाद महत्त्वपूर्ण हो, त्यसैले उक्त अवधिमा मदिरा बिक्री वितरणमा बन्देज लागाउनुपर्छ ।