काठमाडौं । युक्रेनले खनिज सम्झौता गर्न अस्वीकार गरेपछि अमेरिका निराश बनेको छ। प्रस्ताव अस्वीकार गरेर युक्रेनले राष्ट्रपति डोनाल्ड ट्रम्पको अपमान गरेको र उनी निराश भएको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले बताए।
वाल्ट्जले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले महत्त्वपूर्ण खनिज सम्झौताका लागि वार्तामा फर्किनुपर्नेमा जोड दिएको बिबिसीले जनाएको छ। युक्रेनमा लिथियम र टाइटेनियम लगायतका महत्वपूर्ण तत्व र खनिजहरूको विशाल भण्डार छ। जसले ठूलो मात्रामा कोइला, ग्यास, तेल र युरेनियम उत्पादन गर्दै आएको छ।
जहाँ उक्त सम्झौता गर्न अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति जेलेन्स्कीसँग आक्रोशित हुँदै आएका छन्। आफ्नो प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पले जेलेन्स्कीलाई युद्धको जिम्मेवार रहेको आरोप लगाउँदै तानशाहको संज्ञा दिएका छन्।एजेन्सी