काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। केही बेरअघि सामाजिक सञ्जालमा लेखेर उनले विश्वजगतमा नेपाल र नेपालीको पहिचान धुमिल हुन लागेको भन्दै स्वाभिमानपूर्वक बाँच्न दिन आग्रह गरेका हुन्।
उनले लेखेका छन्,
प्यारो प्रधानमम्त्री ज्यु ,
अमेरिकाले corrupt भनिसक्यो,
ईन्डियाले भिकारी भनिसक्यो,
चिनले मान्छे गन्दैन,
मलाई मेयर हो भनेर बिर्सिनुस ,
नेपाली भएर बाच्ने आधार त दिनुस ??