आज सुनको मूल्यमा गिरावट, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ४ सयले घटेर १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार ४ सय २० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us