काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताएका छन् ।
फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ)ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् । अहिलेको अवस्था सुधार गर्न सकेमा दुई वर्षभित्रमा नेपाल यो सूचीबाट हट्न पनि सक्छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने, ‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको ‘एक्सन प्लान’ स्वीकृत भएको छ । ‘एक्सन प्लान’ अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं ।’
जी-७ देशले बनाएको फाइनान्सिएल टाक्स फोर्सको ‘ग्रे लिस्ट’ भनेको वित्तीय कारोबारको मोनिटरिङमा पर्नु हो । नेपालबाहेक फिलिपिन्स, साउफ अफ्रीका, भियतनाम आदि देश छन् । ग्रे सूचीमा पर्नुको अर्थ आतङ्कवाद , कालोबजारी, सम्पत्ति शुद्धीकरणलाई नियन्त्रण गर्ने बलियो राज्य सम्यन्त्र नहुनु हो ।