काभ्रेपलान्चोक । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाहले राज्यमा बनेका ठुला भवन ,पीच र ढलान मात्रै विकास नभएको धारण राख्नु भएको छ। शुक्रबार काभे जिल्ला खेलकुद विकास समितिले आयोजना गरेकाे १५ ओँ राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताकाे उदघाटन सत्रमा बाेल्दै शाहले यस्तो बताउनुभएको हो ।
उहाँले, समाजका विविध पाटाेकाे विकास नभए वास्तविक विकास मान्न नसक्ने बताउनु भएको छ। समाज विकासकाे एक आधार खेलकुद पनि हो भन्दै शाहले देशकाे नाम विश्व सामु चिनाउन खेलकुदकाे महत्त्व रहेको प्रष्ट पार्नु भएको छ।
शाहले भन्नुभयो , खेल स्वास्थकाे लागि मात्रै नभई परिवर्तनको संबाहक बन्न सक्छ। खेलकुदले व्यक्तलाई मानसिक र शारीरिक रुपमा तन्दुरुस्त हुनुका निम्ति साथ दिने छ।´ तर आजकाे समयमा खेलाडीले नाङ्गो खुट्टाले र खालि पेटमा खेल्ने अबस्था यथाबत रहेको स्मरण गर्नु भयो । साथै प्रदेश सरकारले आगामी दिनमा खेलाडीकाे पक्षमा उचित नीति निर्माण गर्नु पर्ने धारणा राख्दै उहाँले मुख्य मन्त्रीलाई अनुराेध गर्नु भएको छ।