प्रहरीद्वारा रोल्पाको अफिम खेती नष्ट

काठमाडौं। जिल्लाको थबाङ गाउँपालिका–४, को मालागिरी, जुत्तर, नयाँगाउँ, गुराँसे लगायतका क्षेत्रबाट करिब २१० रोपनीमा लगाइएको अवैध अफिम खेती सोमबार प्रहरीले नष्ट गरेको छ । अवैध मानिएको अफिम खेती रोल्पामा ठूलो मात्रामा फेला परेको छ ।

लागुऔषध अफिम खेती गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक लक्ष्मण वलीको नेतृत्वमा इप्रका पोबाङ, उवा र थबाङबाट खटिएको प्रहरी टोलीले उक्त अफिम खेती नष्ट गरेको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यसैसाता परिवर्तन गाउँपालिका–४, पाछाबाङको सिजाखोलामा लगाएको करिब ९ कट्ठा क्षेत्रफलको अफिम खेती प्रहरी नायब निरीक्षक धनबहादुर राना नेतृत्वको टोलीले नष्ट गरेको थियो । रोल्पा प्रहरी प्रमुखका रुपमा डिएसपी विनोद घिमिरे आएसँगै अवैध मानिएको अफिम खेती नष्ट तथा अपराधिक क्रियाकलाप नियन्त्रणमा समेत सफलता हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us