‘केपी ओली कप’ फुटबल आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्दै

काठमाडौं । तेस्रो संस्करणको ‘केपी ओली कप’ आजदेखि सुरु हुँदैछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।

उद्घाटन खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसीबीच प्रतिस्पर्धा हुने छ । खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा ६ वटा ए डिभिजन क्लब, दुई विदेशी तथा एक आयोजक क्लब गरी ९ टिम प्रतियोगितामा सहभागी हुनेछन् ।

जसमा एपीएफ एफसी, ब्ल्याक बुल्स एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपी एफसी, न्युरोड टिम, मच्छिन्द्र एफ र एफसी ट्रान्सपोर्ट युनाइटेड सहभागी हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us