अमेरिकामा अस्पतालको आइसीयु गोली चल्यो, एक प्रहरीसहित तीनजनाको मृत्यु

काठमाडौं । अमेरिकी शहर पेन्सिलभेनियाको यूपीएम्सी मेमोरियल अस्पतालको आईसीयूमा गोली चल्दा एक प्रहरी अधिकारी र आक्रमणकारीको मृत्यु भएको छ भने ३ जना स्वास्थ्यकर्मीसहित ५ जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएअनुसार एक अज्ञात व्यक्ति ह्यान्डगन र झोला लिएर अस्पतालमा प्रवेश गरेर सिधै आईसीयूमा गएर गोली चलाएका थिए । गोली लागेर एक डाक्टर र एक नर्ससहित तीन कर्मचारी घाइते भएका छन् । आक्रमण शनिबार भएको हो ।

घटनालगत्तै आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेको अमेरिकन पत्रिका ‘द न्युयोर्क टाइम्स’ले उल्लेख गरेको छ । यस क्रममा एक प्रहरीको पनि मृत्यु हुनुका साथै दुईजना घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us