काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।