कतारमा सडक दुर्घटना: गुल्मी सेवा समाज कतारका पूर्वअध्यक्ष आचार्यको निधन

कतारमा सडक दुर्घटनामा परी गुल्मीका युवा उद्यमी तथा समाजसेवी झविन्द्र आचार्यको मृत्यु भएको छ। गुल्मी सेवा समाज कतारका पूर्वअध्यक्ष कुमार अविरल पन्थीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका आचार्यको कतारको हमाद हस्पिटलमा उपचारको क्रममा निधन भएको हो। यसका मालिक आचार्यले बुधबार राति ८ बजे दोहाको अबुहमर रोडमा दुर्घटनामा परी ज्यान गुमाएका छन् ।गैरआवासीय नेपाली संघ, कतारका अध्यक्ष रमेश भट्टका अनुसार बिग्रिएको माइक्रो बोक्ने गाडी (ब्रेक डाउन) लाई पर्खेर बसिरहेका बेला उनी दुर्घटनामा परेका हुन् ।

४० वर्षीय आचार्य गुल्मीको मालिका गाउँपालिका निवासी हुन्। सन् २००७ देखि कतारमा बसोबास गर्दै आएका आचार्य आफ्नै व्यवसायमा संलग्न थिए। उनी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष, लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष तथा गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार लगायत विभिन्न संघसंस्थामा आबद्ध थिए।

मालिका गाउँपालिका-५ का वडाध्यक्ष रेखाकुमार जिसीले आचार्यलाई ‘भगवान्’ को संज्ञा दिंदै उनको सामाजिक योगदानको प्रशंसा गरेका छन्। आचार्यले स्वदेश तथा विदेशमा रहँदा करिब चार-पाँच सय बिरामीहरूलाई आर्थिक सहयोग गरेका थिए। वडाध्यक्ष जिसीका अनुसार उनको सम्झनामा लेकपोखरामा सालिक निर्माणको योजना रहेको छ।

आचार्यको असामयिक निधनले समाजसेवी क्षेत्रमा ठूलो क्षति पुगेको छ। उनले गरेका सामाजिक कार्यहरूले धेरै विपन्न व्यक्तिहरूको जीवनमा सकारात्मक प्रभाव पारेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us