काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा ३२ करोड रुपैयाँको अंगुर आयात भएको छ । चालु आवको माघ महिनासम्म ३२ करोड ८४ लाख ३२ हजार अंगुर आयात भएको भन्सार विभागले जनाएको छ ।
३६ लाख किलो अंगुर आयात हुँदा नेपाल सरकारले ५ करोड ३१ लाख रुपैयाँ राजस्व उठाएको छ ।
विभागका अनुसार गत वर्षको तुलनामा अंगुर आयात घटेको छ । गत आवको माघ महिनासम्म ३६ करोड २१ लाख ९४ हजार रुपैयाँको अंगुर आयात भएको छ ।
सो अवधिमा ४१ लाख किलो अंगुर आयात हुँदा ३ करोड राजस्व संकलन भएको विभागले जनाएको छ । गत वर्षको तुलनामा यो वर्ष अंगुर आयात ९.३२ प्रतिशतले घटेको छ ।
चालु आवमा नेपालमा भारत र चीनबाट अंगुर आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । भारतबाट २५ करोड र चीनबाट ७ लाख रुपैयाँ बढीको आयात भएको छ ।