आजपनि सुनचाँदीकै मूल्य बढ्यो: कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार ८०० रुपैयाँ कायम भएको हो । हिजो (आइतबार) सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आइतबार एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us