काठमाडौं । मंगलबार नेविसंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कुनै हालतमा भंग नहुने बताउनुभएको छ । अहिले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको तर गठबन्धन टुटाउने षड्यन्त्र असफल पार्नुपर्ने उहाँको भनाइ थियो ।
गठबन्धन टुट्यो भने संविधानअनुसार कसैको बहुमत आउने अवस्था नरहेकोले गठबन्धन जोगाउनुको विकल्प नरहेको देउवाको जोड थियो ।
गठबन्धन गर्दा काँग्रेसको हैसियत माथि नै हुने भएकोले यसमा गठबन्धन कुनै हालतमा तोड्नु नहुने उहाँको भनाइ थियो ।