काठमाडौं। अफगानिस्तानको पश्चिम काबुलको एउटा छात्र विद्यालयमा मंगलबार विस्फोट हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । ११ जना घाइते भएका छन् । पश्चिम काबुलको एउटा छात्र विद्यालयमा तीन विस्फोट भएको अफगान सुरक्षा बलले जनाएको छ ।
अफगानिस्तानमा जातीय एवं धार्मिक अल्पसंख्यक शिया हजारा समुदाय बारम्बार इस्लामिक स्टेटसहित सुन्नी लडाकु समूहहरूको निसानामा पर्ने गरेको छ । आक्रमणको जिम्मेवारी तत्काल कसैले पनि लिएको छैन ।
तालिबानले गएको अगस्टमा सत्ता हातमा लिएपछि आफूहरूले देश सुरक्षित गरेको बताउँछन् । तर, अन्तर्राष्ट्रिय अधिकारी र विश्लेषकहरूले उग्रवादको पुनरूत्थानको जोखिम अझै बाँकी रहेको र इस्लामिक स्टेट लडाकु समूहले धेरै ठूला हमलाहरू गरेको दाबी गरेका छन्