आज १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं। २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८ जनाको पीसीआर परीक्षणमा १० जना र १ हजार ३४५ जनाको एन्टीजेन परीक्षणमा गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट २६ जना निको भएका छन् भने हाल देशभर ३३४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ३२४ जना होम आइसोलेसनमा रहेका छन् भने १० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

मंगलबार १० जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८४७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us